फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् पार्टी अध्यक्ष र सरकार त्यागको घोषणा

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

उनले पार्टी प्रमुखको जिम्मेवारीबाट राजिनामाको घोषणा गरे पनि आगामी सेप्टेम्बरमा हुने पार्टीको अधिवेशनबाट अर्को अध्यक्षको चयन नहुँदासम्म उक्त जिम्मेवारीमा रहने बताएकी छन्।आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको दल कन्जरभेटिभ नेसनल कोलिशन पार्टी र दक्षिणपन्थी फिन्स पार्टीभन्दा पछि अर्थात् तेस्रो स्थानमा आएको छ ।

मरिनले संसद्मा साधारण सांसदको रूपमा रहनुभन्दा पहिले नयाँ सरकार गठनका बारेमा परामर्शमा आफ्नो पार्टीको नेतृत्व गर्ने बताउँदै आफुले बिहीबार प्रधानमन्त्रीबाट राजीनामा दिने र कामचलाउ हैसियतमा रहने बताइन्।

मरिनले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफू राष्ट्रपतिपदका लागि उम्मेदवारी नदिने बताएकी छन्।

सन् २०१९ को अन्त्यतिर मारिनले आफ्ना पूर्ववर्ती एन्टी रिन्नेको राजीनामापछि प्रधानमन्त्री पद सम्हालेकी थिइन्।

फिनल्याण्डमा नयाँ सरकार गठनका लागि आगामी हप्तादेखि नेशनल कोलिशन पार्टीका प्रमुख पेट्टेरी ओर्पोको नेतृत्वमा वार्ता सुरु हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर