भरतपुरकाे चौकीडाँडामा नौ करोडको लगानीमा खानेपानी

चितवनको भरतपुर महानगरपालिका-२९ मा नौ करोड रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको पाँच करोड ९५ लाख, भरतपुर महानगरको एक करोड ७५ लाख तथा स्थानीयको ६२ लाख रुपैयाँ बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । पाँच वर्षपछि उक्त योजना सम्पन्न भएको हो । योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन् ।

स्थानीय सुशीला गुरुङले आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताइन् । भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ ।

योजनाका सचिव केशव ढकालले भने, ‘बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ ।’ आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ । थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ । वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैँको खानेपानी समस्या समाधान भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *