सिक्टा सिँचाइमा भएको भ्रष्टाचारका दोषीलाई सफाइ दिने न्यायाधीशलाई कारबाही गर्नुपर्छ : प्रेम सुवाल

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘सिक्टा सिँचाइ आयोजनाको नहर परीक्षणमै भत्किनुमा निर्माणअघि माटो परीक्षणमा त्रुटि भएको, फिजिबिलिटी अध्ययन नभएको, विज्ञ परामर्श विचार नलिइएको, निर्माणस्थलको विस्तृत अध्ययन नभएको यथार्थलाई बेवास्ता गरी ८ अर्बभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको मागदाबीविरुद्ध फैसला दिने, दोषीलाई सफाइ दिने विशेष अदालतका न्यायाधीशहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन भनेर जनताले आवाज उठाइरहेका छन्।’

त्यस्तै उनले भरतपुरको बीपी कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेसिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलब खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर