उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दैनौं : आयुक्त भण्डारी

बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने भएको छ। वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरूमा लागू हुने गरी उपनिर्वाचन प्रयोजनार्थ आचारसंहिता लागू हुने बताए।

उनले आचारसंहिता उल्लंघन भए उल्लंघनकर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताए। उनले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रबारबाट आचारसंहिता लागू हुने बताए। कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सबैलाई लागू हुने पनि बताए।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन दिइसकेको बताए। उनले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहिता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पारे।

उनले आचारसंहिता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहिता उल्लंघन भए उल्लंघनकर्ता सजायको भागिदार हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर