कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुासालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।

बिहीबारबाट शुरु भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन्। उनले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने बताए ।

उनले भक्तपुर जिल्ला कृषि उत्पादन गर्ने जिल्लामा प्रमुख रहेको भन्दै उनले मेला महोत्सवमा पनि कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री भुसालले भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गरेर मात्रै कृषि क्षेत्रको व्यापार बिस्तार गर्न सहज हुने बताए ।

सो अवसरमा मन्त्री भुसालले महोत्सवको अवलोकन गरेका थिए । भक्तपुर पुग्ने आन्तरिक तथा वाह्य पर्यटक लक्षित महोत्वस आयोजना गरिएको हो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा करिव पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा १० करोडदेखि १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।

११ दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर