तुरिया नदीमा अवैध उत्खनन, स्थानीय सरकार, वन कार्यालय र प्रहरी प्रशासन दाेषाराेपणमा व्यस्त

चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ । हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरूले विरोध जनाएका छन् ।

कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एकअर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै बढ्दै गएको छ । तुरिया नदीबाट ढुंगागिट्टी उत्खनन गर्न गिरोह नै सक्रिय भएको स्थानीयहरू बताउँछन् ।

नदीको आडैमा थुपारेर राखिएको ढुंगागिट्टी, बालुवा, मिसकट रातदिन उत्खनन गरी अन्यत्र लैजाने गरेको पाइएको हो । चुरे क्षेत्रको पानभर र तुरिया खोलाबाट ट्र्याक्टरमा ढुंगागिट्टी, बालुवा, मिसकट निकासी गरेर तुरियास्थित नदीको आडैमा ठूलो परिमाणमा संकलन गरिएको र यसरी उत्खनन हुँदासमेत स्थानीय सरकार मौन रहेको स्थानीयहरूको गुनासो छ ।

प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दा नगरप्रमुखले आफ्नो मान्छे हो भन्दै छोड्न दबाब दिएको बताउने गरेका छन् । नदी छेउमा अनुमतिबिना ढुंगागिट्टी संकलन गर्न पाइँदैन । सुनवल नगरपालिकाले चुरे क्षेत्रका खोला तथा नदीबाट ढुंगा निकासी गर्न रोक लगाएको दाबी गर्दै आए पनि नदी उत्खनन रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर