सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने व्यवस्था गर्नुपर्छ : राजेन्द्र पाण्डे

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सांसदहरूले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरूले संसदमा उपस्थित भएर अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराए। उपाध्यक्ष पाण्डेले जनताका समस्या पोख्ने थलो भए पनि सरकार मूकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराए।

सांसद पाण्डेले संसदप्रति सरकारलाई जवाफदेही बनाउन पनि मन्त्रीहरूले सांसदहरूले संसदमा उठाएका प्रश्नहरूको अनिवार्य जवाफ दिनुपर्ने आवश्यकता रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *