विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउँदैछौं : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।

उनले अझै पनि विज्ञापन व्यवसायीहरूको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरूको दायरामा ल्याउन आवश्यक रहेको बताए। उनले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताए।

सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताए। उनले विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर रहेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गरे।

उनले नेपालमा अन्तर्राष्ट्रियस्तरबाट सामानहरू बेच्ने गरे पनि विज्ञापन आउन नसकेको बताए। उनले त्यसलाई पनि कानूनी दायरामा ल्याउन आवश्यक रहेको बताए।

उनले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरूको सल्लाह सुझाव पनि मागे। मन्त्री रिजालले विज्ञापन व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *