प्रधानमन्त्रीलाई गगनको आग्रह- निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुस्

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको बताए। उनले प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याईनभ्याई भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताए।

उनले प्रधानमन्त्रीलाई निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह गरे। त्यस्तै सांसद थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि अलमल भइरहेको बताए। उनले प्रधानमन्त्री दाहालसँग लक्ष्य पूरा गर्ने आत्मविश्वास नदेखिएको बताए।

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाए। उनले न्यूनतम कार्यक्रम संसदभित्रै प्रस्तुत हुनुपर्ने बताए। संसद चलिरहेको बेलामा यस्ता कार्यक्रमहरू संसदभित्रै प्रस्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उनले जोड दिए।

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताए। उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको बताए।

अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूलाई थन्क्याउन लगिएको जस्तो भान हुने उनको भनाइ छ। उनले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरूसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित गर्न पनि आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर