स्वर्णिम वाग्लेप्रति शेखर कोइरालाको कटाक्ष- अवसरवादीहरूबाट जोगिनुहोस्

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिईकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन्।

उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरू सावधान हुनुपर्ने बताए। नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रूपमा सम्पन्न गर्न पनि शुभकामना दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर