
सरकारले न्यूनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको छ : सांसद बडू


नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले न्यूनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताए। उनले अब सरकारले पनि पूर्णता पाउने बताए।
उनले सरकार आफ्नो नीति र कार्यक्रमअनुसार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताए।
उनले संघमा बन्ने कानूनहरू छिटोभन्दा छिटो बनाउन सके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्गप्रशस्त हुने बताए। सरकारले कानून निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
प्रतिक्रिया