कैलालीमा एसईईका विद्यार्थी सवार जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते

डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थी सवार जीप दुर्घटना भएको छ। दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ। अन्य तीन घाइते भएका छन्।

सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका-६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उपचारका लागि धनगढी लैजाने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिष धामीसहित तीन विद्यार्थीसमेत घाइते भएका छन्। घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। झण्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका उनीहरू जीप दुर्घटनामा परेका बताइएको छ। मृतक र घाइते चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर