४२ टन चिनीसहित दुईवटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट करिब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *