पर्वतमा जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पर्वतको महाशिला गाउँपालिकामा गए राति जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नम्बरको जीप महाशिला-५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला-४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।

दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर