अमेरिकामा बैंकका कर्मचारीले गरे गोली हानेर पाँच सहकर्मीको हत्या

अमेरिकामा बैंकका एक कर्मचारीले गोली हानेर आफ्ना पाँच जना सहकर्मीको हत्या गरेका छन्। द न्यूयोर्क टाइम्सका अनुसार केन्टकी राज्यको लुइभिल शहरस्थित ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन्।

गोली लागेर बैंकका वरिष्ठ उपाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। अन्य आठ जना घाइते भएका छन् र तीमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोली हान्ने कर्मचारी कोनर स्टर्जनको पनि मृत्यु भएको छ। उनले आफैंलाई गोली हानेका हुन् वा प्रहरीको गोली लागेको हो भन्नेबारे खुलेको छैन।

२५ वर्षका स्टर्जन गत वर्षमात्र उक्त बैंकमा पूर्णकालीन कर्मचारी नियुक्त भएका थिए। त्यसअघि उनले बैंकमा इन्टर्नसिप गरेका थिए।

सहकर्मीमाथि उनले किन गोली हाने भन्ने कारण खुलिसकेको छैन। स्रोतलाई उद्धृत गर्दै सीएनएनले स्टर्जनलाई जागिरबाट निकालिएको सूचना दिएको उल्लेख गरेको छ।

स्टर्जनले गोली हानेको दृश्य आफ्नो सामाजिक सञ्जालबाट लाइभ गरेका थिए।

अमेरिकामा कानूनी रूपमै बन्दुक किन्न र राख्न पाइन्छ। बन्दुक सबैको पहुँचमा हुने भएकाले बेलाबेलामा गोलीकाण्डका घटनाहरू भइरहन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर