सशस्त्र प्रहरीको फेसबुक पेज ‘ह्याक’

सशस्त्र प्रहरी बल, नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। मंगलबार बिहानदेखि पेजमा समस्या आएको हो ।

अहिले सशस्त्र प्रहरीको प्राविधिक टोलीले रिकभरको प्रयास गरिरहेको प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए।

पेजमा भियतनामी भाषामा एउटा स्ट्याटस पोष्ट भएको छ।

पछिल्लो समय सुरक्षा क्षेत्रकै आधिकारिक पेज तथा साइबर स्पेसमा हमला हुन थालेको छ।

हालै नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर