सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउन सक्छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउने बताएका छन्। मंगलवार महासंघको ५७औं वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राखेका हुन्।

उनले उद्योगी तथा व्यवसायीहरुबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताए। उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने बताए।

उनले तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरुले नै मुलुकमा सम्मुन्नति कोर्ने बताउने दाबी गरे। उनले व्यवसायीहरुको अनकूलतालाई प्रतिकूलतामा बदल्ने गर्विलो इतिहास रहेको भन्दै अर्थतन्त्रमा देखिको निराशा कम हुँदै जाने बताए। उनले विभिन्न देशहरुमा भएको अर्थतन्त्रको उदाहरण दिँदै नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने बताए।

अध्यक्ष गोल्छाले नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुर्‍याउन र ३० वर्षअघि १ सय दिनको अवधिमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्षयताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्न सक्ने बताए। उने महासंघ सरकारविरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने बताए।

उनले अब महासंघको नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको बताए। उनले महासंघको जिम्मेवारी वहन गर्ने हातहरुले सहजतापूर्वक काम गर्नका लागि सरकारले वातावरण सिर्जना गरिदिनुपर्ने पनि बताए।

उनले आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको बताए। उनले नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको अवस्थामा ५० प्रतिशले घटेको बताए।

उनले वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिए। उनले उद्योगधन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अफ्ठ्याराे पर्ने भन्दै सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *