सकेसम्म एमालेसँग पनि सहमति गरेर मात्रै विधेयकहरू अघि बढाउँछौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरू अघि बढाउने बताएका छन्।

माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री दाहालले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढ्न पार्टीका सांसदहरूलाई पनि निर्देशन दिए।

मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले विधेयकहरू अघि बढाउँदा सकेसम्म सबै दलहरूसँग सहमति गर्ने र त्यसो हुन नसके पनि प्रक्रियामा सहमति गरेर अघि बढ्न पार्टीका सांसदहरूलाई सचेत गराए। प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत विधेयकहरूको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरूलाई आग्रह गरे।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षसहितका सबै दलहरूको सहमतिमा विधेयकहरू अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशित गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदहरूलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर