सिन्धुलीमा कार दुर्घटना, चार भारतीयको मृत्यु, एक घाइते (नामावलीसहित)

सिन्धुलीमा गए राति कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका चारै जना र घाइते एक पनि समस्तीपुर बिहारका नागरिक हुन्।

दुर्घटनामा अभिषेक ठाकुर, मुकेशकुमार चौधरी, मुत्यैजकुमार फुलहारा र राजेशकुमार सिंहको मृत्यु भएको हो। धर्मेन्द्र साह घाइते भएका हुन्। उनलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं ल्याइएको छ।

मंगलबार राति साढे १२ बजे बीपी राजमार्गको सिन्धुलीमाडी-खुर्कोट खण्डअन्तर्गत कमलामाई नगरपालिका-३ को सोलाभन्ज्याङमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा तीन र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको हो। कारमा पाँच जना सवार थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर