एमाले सांसदको आरोप- सरकारले अरबौं बक्यौता नलिई स्मार्ट टेलिकमको नवीकरण गर्न लागेको छ

नेकपा (एमाले) ले सरकारले अरबौंको बक्यौता रकमसमेत नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको आरोप लगाउँदै आपत्ति जनाएको छ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले नवीरकण गर्दाखेरि लाग्ने करिब २३ अर्ब रुपैँयासमेत नलिई सो प्रालिको नवीकरण गर्नका लागि १/२ दिनभित्रै मन्त्रिपरिषदले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाएका हुन्।

उनले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकिर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। प्रमुख सचेतक गिरीका अनुसार सो प्रालिले सरकारलाई विभिन्न शीर्षकअन्तर्गत करिब ५ अर्ब दस्तुर तिर्न बाँकी छ। र, नवीकरण शुल्क २३ अर्ब गरेर उसले २८ अर्ब सरकारलाई बुझाउनुपर्ने हुन्छ।

तर, त्यो दुवै रकम मिनाहा गरी सो प्रालिलाई नवीकरण गराउनका लागि मन्त्रिपरिषदले निर्णय गर्ने कुरा सञ्चारमाध्याममा आएकाले आफूले सरकारको ध्यानाकर्षण गराउनु परेको पनि प्रमुख सचेतक गिरीको भनाइ थियो।

प्रमुख सचेतक गिरीले मन्त्री र मन्त्री क्वार्टर ध्याउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नवीकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिब २८ अर्ब बजेट डुबाउन नपाउने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर