बैतडी जीप दुर्घटनाका पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सांसद जोशीको माग

नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरूका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरू सवार सो जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन् ।

मंगलबार साँझ जीप दुर्घटना भएको थियो । सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले लाससमेत बुझेका छैनन् । सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

पीडित पक्षले क्षतिपूर्ति नदिएपछि बैतडीको पाटनमा लास राखेर सडक बाटो अवरुद्ध पारिरहेका छन् । तर, सरकारले सो विषयमा चासो नदिएको भन्दै सांसद जोशीले आपत्ति जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर