सगरमाथामा गएको हिमपहिरोमा तीन जनाको मृत्यु

विश्वाको सर्वोच्च शिखर सगरमाथामा गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

खुम्बु आइसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका–५ का तीन जनाको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा भएको उक्त घटनामा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पारिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । इमाजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणको क्रममा गाइडको रुपमा हिँडेका शेर्पाहरूको बुधबार बिहान मृत्यु भएको हो ।

बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोँचमा पुरिएको छ । शव उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको जनाइएको छ । मृतकको उद्धारका लागि एसपीसीसीको टोली गए पनि शवहरू खाँेचमा भएका कारण उद्धार प्रयास असफल भएको एसपीसीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर