भारतमा शोकसभामा सहभागी हुन हिँडेका ६ जनाको दुर्घटनामा मृत्यु, ८ घाइते

उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने अन्य ८ जना गम्भीर घाइते भएका छन् ।

आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट गएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ६ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रमहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका ८ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर