राष्ट्रपति भवन कब्जामा लिएको सुडानी अर्धसैनिक बलको दाबी

सुडानको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले सेनासँगको झडप बढ्दै गएको भन्दै राष्ट्रपति भवन, सेना प्रमुखको निवास र खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो नियन्त्रणमा लिएको शनिबार दाबी गरेको छ।

एक विज्ञप्तिमार्फत उसले उत्तरी शहर मेरोवे र पश्चिममा अवस्थित एल-ओबेदका विमानस्थलहरू पनि कब्जामा लिएको बताएको छ।

शनिबार खार्तुमका धेरै भागहरूमा बन्दुक पड्केको आवाज सुनिएको थियो र प्रत्यक्षदर्शीहरूले छेउछाउका शहरहरूमा गोलीबारीको रिपोर्ट गरेका थिए।

रोयटर्सका एक पत्रकारले सडकमा तैनाथ तोप र सशस्त्र गाडीहरू देखे र सेना र आरएसएफ दुवैको मुख्यालय नजिकै भारी हतियारको गोलीको आवाज सुने।

सेनाले आरएसएफले देशका धेरै भागहरूमा भारी गोलीबारी गरेको र आफ्ना अधिकारीहरूलाई धेरै स्थानहरूमा आक्रमणको प्रयास गरेको बताएपछि द्वन्द्वको त्रास फैलिएको थियो।

आरएसएफले भने आफ्ना अधिकारीहरूलाई सेनाले आक्रमण गरेको दाबी गरेको छ।

आर्थिक समस्या र जनजाति हिसां झेलिरहेको सुडानमा आरएसएफ र सेनाबीचको टकरावले द्वन्द्व निम्त्याउन सक्ने खतरा छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर