एनपी साउद परराष्ट्रमन्त्री बन्दै, भोलि शपथ

नेपाली कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई नाम बुझाइसकेका छन्। भोलि ३ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।

कांग्रेसले बाँकी मन्त्रीको नाम भने पछि पठाउने जनाइएको छ।

सत्ता गठबन्धनको भागबण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरुङ शहरी विकासमन्त्री, रमेश रिजाल उद्योगमन्त्री र पूर्णबहादुर खड्का रक्षामन्त्री बनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर