सुडानमा सेना र अर्धसैनिक बलबीचको लडाइँमा तीन जनाको मृत्यु

सुडानको सेना र कुख्यात अर्धसैनिक बलबीच राजधानी खार्तुममा भारी हतियारसहित भएको लडाइँमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। मृतकहरूबारे केही खुलाइएकाे छैन।

भिडियोमा खार्तुम एयरपोर्टमा नागरिक विमानमा आगो लागेको देखाइएको छ। साउदी एयरलाइन्स साउदीआले आफ्नो एयरबस दुर्घटना भएको बताएको बीबीसीले जनाएकाे छ।

अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

सेनाले भने त्यसलाई अस्वीकार गर्दै आफ्नो वायुसेनाले उक्त अर्धसैनिक बलका आधार शिविरहरूमा आक्रमण गरिरहेको बताएको छ। मानिसहरू उक्त भिडन्तबाट आफूलाई बचाउन संघर्ष गरिरहेका छन्।

एक जना प्रत्यक्षदर्शीका अनुसार मानिसहरूलाई त्यस्तो भिडन्त हुन्छ भन्ने लागेको थिएन। त्यसैले धेरै मानिसहरू घरबाट बाहिर निस्किएको अवस्थामा थिए।

पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर