सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो २०० मिटर गहिराइबाट बालिकालाई

कास्कीको पोखरा महानगरपालिका-१५ स्थित सीताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसेर अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले निकालेको छ।

शनिबार अन्दाजी २०० मिटर गहिराइबाट उनलाई निकालेको सशस्त्र प्रहरीले बताएको छ। पोखरा महानगरपालिका-८, नागढुंगा बस्ने १२ वर्षकी स्मृति पराजुली खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन्।

खबर पाएलगतै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गणबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो। उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुर्‍याएलगत्तै डाक्टरले बालिकालाई मृत घोषित गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर