आफैंले बोकेको बन्दुकको गोली लागेर सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

दाङको तुलसीपुर कारागार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दार वसन्त केसीको आफैंले बोकेको बन्दुकको गोली लागेर मृत्यु भएको छ।

आइतबार राति ८:४० बजे तुलसीपुर उपमहानगरपालिका-८, टिकरीका ३५ वर्षीय केसीको आफैंले बोकेको बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

सहायक हवल्दार केसीले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।

‘राति उहाँ एक्लै ड्युटीमा हुनुहुन्थ्यो। अचानक गोली चलेको आवाज सुनेपछि कारागारका सुरक्षाकर्मी घटनास्थलमा पुग्दा उहाँको त्यहीँ ढलेर मृत्यु भइसकेको थियो,’ डीएसपी गौतमले पर्दाफाससँग भने, ‘आफूले आफैंलाई गोली हानेको वा मिसह्याण्डलिङका कारण घटना भएको हो भन्ने खुलिसकेको छैन।’

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर