शान्तिवाटिकामा मिटरब्याजपीडित र प्रहरीबीच झडप

काठमाडौंको शान्तिवाटिकामा मिटरब्याजपीडित र प्रहरीबीच झडप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिवाटिकामा बसिरहेका मिटरब्याज पीडितहरूले आज सिंहदरबार घेर्ने कार्यक्रम थियो।

मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महतोका अनुसार सोमबार बिहान ११ बजेदेखि प्रमुख सरकारी निकायका कार्यालयमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी थियो।

त्यही भएर बिहानदेखि प्रहरीले शान्तिवाटिका घेरेर बसेको र बाहिरबाट ताला लगाइदिएको उनले बताए।

१ बजेसम्म नखोलेपछि गेट खोल्न आग्रह गर्दा झडप भएको उनले बताए।

झडपमा परेका ५ जना मिटरब्याजपीडित बेहोस भएका छन् भने केही घाइते भएका छन्। उनीहरूलाई वीर अस्पताल लगिएको छ। केही मिटरब्याजपीडितलाई प्रहरीले पक्राउ गरेर लगेको छ।

प्रहरीतर्फ पनि ४/५ जना घाइते भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर