बंगलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते

बंगलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सातवटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् .।

कुमिल्लाको नांगलकोट प्रहरी चौकीका प्रमुख मोहम्मद फारुक हुसेनका अनुसार दक्षिणपूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट ढाकातर्फ जाँदै गरेको यात्रुवाहक रेलको पाँचवटा डिब्बा स्थानीय समयअनुसार आइतबार साँझ ६:३० बजे नांगलकोटको हसनपुर रेलवे स्टेसनमा पछाडिबाट मालवाहक रेललाई ठक्कर दिँदा लिकबाट बाहिरिएको थियो। दुर्घटनापछि मालवाहक रेलका दुई डिब्बा रेलको लिकबाट खसेको उनले बताए।

अधिकारीका अनुसार रेल दुर्घटनाका कारण ढाकाबाट देशका अन्य भागसँग जोडिएको रेल सेवा घन्टौंसम्म अवरुद्ध भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर