अत्यधिक गर्मीका कारण भारतमा सम्मान कार्यक्रममा सहभागी १२ जनाको मृत्यु

भारतको महराष्ट्र राज्यमा अत्यधिक गर्मीका कारण एक सार्वजनिक कार्यक्रममा सहभागी १२ जनाको मृत्यु भएको छ।

गर्मीका कारण बिरामी भएका थुप्रैलाई अस्पताल भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ।

महराष्ट्र सरकारले आइतबार नवी मुम्बईमा आयोजना गरेको ‘महाराष्ट्र भूषण’ समारोहमा सहभागीहरूको मृत्यु भएको हो।

कार्यक्रममा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए। कार्यक्रम चर्को घाममा बिहान ११:३० देखि दिउँसो १:३० बजेसम्म भएको थियो। त्यसपछि तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो।

रायगड जिल्ला प्रशासनले मृतक १२ जनामध्ये ८ जना महिला रहेको जनाएको छ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले अस्पताल पुगेर बिरामीलाई भेटेका छन्।

मुख्यमन्त्री शिन्देले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै प्रतिपरिवार पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने र बिरामीहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर