कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, थप १७१ जनामा संक्रमण पुष्टि

नेपालका कोरोना भाइरस संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा संक्राणका कारण २ जनाको मृत्यु भएको हो।

यस्तै आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो।

यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइसोलेसनमा २२ जना, आईसीयूमा ८ जना र भेिन्टलेटरमा ४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *