प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन

संवैधानिक परिषदकाे बैठक बिना निस्कर्ष सकिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बुधबार बिहान बसेको बैठक बिनानिस्कर्ष टुंगिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए। उनले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

वैशाख ४ गते नेकपा (एमाले) का अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषदकाे बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *