परराष्ट्रमन्त्री साउद र बेलायती राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।

बिहीबार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले भेट गरी मन्त्री साउदलाई बधाई दिएकी छन्।

त्यस अवसरमा उनीहरूबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवं जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

हालै परराष्ट्रमन्त्री नियुक्त भएका साउदसँग भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर