तनहुँमा हत्या गरेर नालीमा फालेकाे अवस्थामा भेटियाे एक पुरुषको शव

तनहुँमा एक पुरुषको हत्या भएको छ। आज बिहान ५:४५ बजे शुक्लागण्डकी नगरपालिका वडा नं.७, स्याउलीबजारस्थित खैरेनीटार भिमाद सडकको नालीमा सोही स्थान बस्ने ३८ वर्षका सुरेन्द्र विकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विकको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी नालीमा फालेको खुलेको छ।

हत्या आशंकमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नं.४, गृह्रकोट घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.७ स्याउलीबजारमा डेरा गरी बस्ने ५७ वर्षका देवबहादुर चन्द पक्राउ परेका छन्।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँकf प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाणले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *