तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौं : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका सम्मानित नेता खनालले यस्तो बताएका हुन्। जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा (एकीकृत समाजवादी) ले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे।

उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए। उपनिर्वाचनपछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए।

नेता खनालले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेकोसमेत बताए। देशका विभिन्न क्षेत्रहरू जस्तैः पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरूको एकताका लागि आग्रह र आह्वान गर्ने बताए। उनले राष्ट्रियतामाथि संकट बढिरहेको समेत बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *