थरीथरीका घर (फाेटाे फिचर)

मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो ‘घर’ । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरू कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ?

यी सबै कुराको बारेमा समाजशास्त्रीहरूको फरकफरक मत छ । तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको विषय बनेको छ । घाम, पानी, हावाहुरी, जंगली जनावर, शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै भयो ।

नेपालमा बाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरूको संस्कृति र मौलिक घर एवं बस्तीहरू हेर्न आउँछन् । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ । विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरूलाई आकर्षण गराएको छ ।

ललितपुरको बडिखेलमा बाँसले बनाइएको घर ।

पर्यटकहरूलाई आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् । शहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घरहरू प्रशस्त छन् । साथै आफ्नो रुचि, हैसियतअनुसार उपत्यकामै पनि घरहरूका आकार, रङ, शैली फरकफरक छन् । तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै ।

नेपालमा भित्रिने बाह्य पर्यटकहरू मौलिक संस्कृति, भेषभूषा, रहनसहन र भाषासमेत अध्ययन गर्न रुचाउँछन् । मौलिकता र सुन्दरताका हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरका पुराना घरहरू ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट पचास शहरमध्ये १० औं नम्बरमा थियो ।

तर, अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ । जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कंक्रिटको शहरको रूपमा परिचित छ ।

ललितपुरको बडिखेलमा सिसाको प्रयोगबाट बनाइएको घर ।

उपत्यकाका केही भित्री बस्तीबाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ । मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् । पर्यटनको विकासको लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनः उजागर गर्न सबै एक हुन जरुरी छ ।

अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरू लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरू शहर बजारदेखि गाउँसम्म बन्न थालेका छन् ।

अर्कोतर्फ ढुंगा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिल्लरको घर बन्न थालेका छन् ।

यद्यपि काँठ क्षेत्रमा भने अझै पनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरू भने कतै भेटिने गर्छन् ।

सबै तस्बिरहरू : न्यूज एजेन्सी नेपाल

काठमाडौंको पेप्सीकोलामा पृथ्वीको नक्सा अंकित घर ।
लेलेमा परम्परागत गुठी घर ।
काठमाडौंको कपन गाम्चामा बनाइएको कलात्मक घर ।
ललितपुरको धोविघाटमा बनाइएको अत्याधुनिक घर ।
दक्षिण ललितपुरस्थित माझखण्डको घरको छानो भएको घर ।

ललितपुरको बडिखेलको टिनले छाएको झुपडी (घर)।

काठमाडौंको सुन्ताथानमा रैथाने घर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर