अमृतपाल सिंह भारतमै पक्राउ

मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ।

आइतबार बिहान गिरफ्तारीपछि पञ्जाब प्रहरीले उनलाई भटिंडाको एयर फोर्स स्टेशनमा लगेकाे थियाे, जहाँबाट उनलाई असमको डिब्रुगढ जेल पठाइएको छ।

पत्रकार सम्मेलनमा पञ्जाब प्रहरीका महानिरीक्षक (मुख्यालय) सुखचैन सिंह गिलले अमृतपाल सिंहलाई पञ्जाबको मोगा जिल्लाको रोडे गाउँबाट पक्राउ गरिएको जानकारी दिए।

काठमाडौंस्थित भारतीय दूतावासले सिंह नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। अध्यागमन विभागले पनि सिंहलाई निगरानी सूचीमा राखेको थियो।

सिंह भारतीय प्रहरीको फरार सूचीमा थिए। उनको खोजीका लागि भारतीय सुरक्षाकर्मी नेपालसमेत आएका थिए।

उनीमाथि ज्यान मार्ने उद्योग, कानून कार्यान्वयनमा अवरोध पुर्‍याएको र अशान्ति मच्चाएको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर