धेरै काँटीसहित सूर्य नेपालकाे उत्पादन ‘चम्पा जिपलक’ बजारमा

सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको छ । नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटीसहितको जिपलक प्याकमा उपलब्ध छ ।

यस जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरू रहेका छन् । जसको मूल्य १०० रुपैयाँ प्रतिप्याक कायम गरिएको छ । जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढी समयसम्म कायम रहने छ ।

जसले गर्दा हरेक पटकको प्रयोगमा ग्राहकहरूले उही अद्भूत सुगन्ध प्राप्त गर्ने छन् । यस जिपलक प्याकले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ ।

१६५ वटा सुगन्धित एवं गुणस्तरीय काँटी भएकाले चम्पा जिपलक लामो समयसम्म चल्ने कम्पनीको विश्वास छ । यसले छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । हरेक प्रयोगपछि जिपलक बन्द गरी सुरक्षित तवरले राख्दा सहज भण्डारणका साथै गुणस्तरीयतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ ।

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जलीलगायतका विभिन्न ब्राण्डहरू बजारमा सर्वत्र उपलब्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर