उपनिर्वाचन-२०८०

तनहुँ-१ मा रास्वपाका वाग्लेसँग मतान्तर घटाउँदै कांग्रेसका भट्टराई

तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता कायमै राखेका छन्।

प्रारम्भका केही चरणमा वाग्लेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई निकै फराकिलो मतान्तरले पछि पारेका थिए। अहिले भने भट्टराईले वाग्लेसँगको मतान्तर घटाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार वाग्लेलाई ११ हजार ४२८ मत प्राप्त हुँदा दोस्रो स्थानमा रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईले ६ हजार ४६५ मत पाएका छन्।

नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। उनले ३ हजार ७४८ मत ल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार शोभा गुरुङले ३८ मत पाएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर