प्रधानमन्त्रीलाई कांग्रेस नेता निधिको प्रश्न- गणतन्त्र दल निर्माणका लागि ल्याएको हो?

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अझै पनि कम्युनिष्ट पार्टी निर्माणको कामलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन्।

आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा केही दिनभित्रै गठन गरी नेकपा पुनर्जीवित गराउने घोषणा गरेका थिए।

नेता निधिले त्यसप्रति असन्तुष्टि जनाउँदै हामीले ठूलो क्रान्ति गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दल निर्माणका लागि हो र ? भनी प्रधानमन्त्री दाहाललाई प्रश्नसमेत गरे।

सोमबार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उहाँले सामाजिक–आर्थिक विकास र प्रगतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा गर्व गर्ने नेताहरुले दल निर्माणलाई प्राथमिकता दिन नमिल्ने तर्कसमेत गरे।

नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो संघीय लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गर्दै त्यसैलाई प्राथमिकता दिएर अघि बढ्ने गरी बहस गर्नुपर्नेमा पनि जोड दिए।

नेता निधिले मुलुकमा कम्युनिष्ट शासन नरहेकाले वर्तमान संविधानलाई कार्यान्वयन गर्दै पालना गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *