साढे ७ लाख बढी नक्कली नोटसहित धनुषामा महिला पक्राउ

धनुषामा ७ लाख ७१ हजार ५०० रुपैयाँ नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्।

धनुषाको विदेह नगरपालिका-६ की अनुकुमारी साह पक्राउ परेकी हुन्।

उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान (४ लाख ९२ हजार) र ५ सयको नक्कली नोट ५ सय ५९ थान (२ दाख ७९ हजार ५००) बरामद भएको छ।

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया साहको झोला तलासी गर्दा नक्कली नोटहरू बरामद भएको हो।

उनको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद भएको जिल्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले बताए।

उनले उक्त नक्कली नोट एक लाख बराबर ७ लाख सटही गरी ल्याएको महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए।

महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर