मेलम्ची खानेपानी निरन्तर वितरण हुने व्यवस्था गर्न प्रकाशमानको माग

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

उनले फेरि वर्षा हुनु लागेकाले सो पानी वर्षा याममा पनि काठमाडौं आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौंवासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न नहुने पनि बताए।

उनले भने, ‘वर्षा याम सुरु हुँदैछ। मेलम्ची खानेपानी फेरि पनि रोकिने हो कि भन्ने पीरले काठमाडौंवासीलाई धेरै मर्का परिरहेको कुरा सम्बन्धित मन्त्रालयले, त्यसमा पनि विशेष गरेर नेपाल सरकारले काठमाडौंबासीलाई निरन्तर रूपमा खानेपानी वितरणको लागि मेलम्ची खानेपानीको व्यवस्थापनको कामलाई तदारुकताका साथ अघि बढाउन माग गर्दछु।’

नेता सिंहले काठमाडौंवाासीले सधैं पानीको अभाव सहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपर्नु पर्नेसमेत बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर