सांसदले उठाएका प्रश्न वेबसाइटमा राख्ने व्यवस्था गर्न तोसिमाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरूले उठाएका प्रश्नहरू पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन्।

संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरू र त्यसको अवस्थाबारे आम नागरिकले हेर्ने गरी वेबसाइटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि बताइन्। उनले ललितपुरमा स्वास्थ्य बीमा, स्वास्थ्यकर्मीहरूको थप दरबन्दी र नख्खु-भैंसेपाटी सडकखण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ भनी सरकारलाई प्रश्न पनि गरिन्।

सांसद कार्कीले सरकारका मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति जनाइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *