आवश्यक परे भ्रष्टाचारीको सर्वश्वहरण गर्न सक्ने व्यवस्था पनि विधेयकमा हुनुपर्छ : पदम गिरी

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरूलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।

उनले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पुर्‍याउने किसिमबाट कानूनहरू निर्माण गर्न आवश्यक रहेको बताए। उनले भ्रष्टाचारीहरूलाई आवश्यक परे सर्वश्वहरणसमेत गर्ने गरी विधेयक ल्याइनुपर्ने बताए।

प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *