सशस्त्र प्रहरी नियमावली संशोधन गर्ने सरकारको निर्णय

सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

यस्तै बैठकले काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय पनि गरेको छ।

मन्त्री ज्वालाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय भएको पनि बताए।

उनले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर