एमालेको केन्द्रीय कमिटी बैठक झापामा

नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ। एमालेको केन्द्रीय कमिटी बैठक गत मंसिरको चुनावअघि बसेको थियो।

उक्त पार्टीले योबीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो। उक्त अभियान यही वैशाख १० गते सकिएको छ। सचिव डा. अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर