राष्ट्रियसभा बैठक सर्‍याे

राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४:०१ मा बस्ने गरी सरेको संघय संसद सचिवालले जनाएको छ ।

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर