भारतमा माओवादी विद्रोहीको आक्रमणमा १० प्रहरीसहित ११ को मृत्यु

भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको छ । प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको संलग्नताको आशंका गरेको छ ।

भारतमा सन् १९६० देखि चलेको माओवादी सशस्त्र आन्दोलनका कारण त्यसपछिका दशकहरूमा हजारौं मानिसको ज्यान गएको भए पनि हालैका वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताउने गरिएको छ ।

दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहको ज्यान गएको र बुधबारको मृत्यु सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

छत्तीसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले एएफपीसँग भनेका छन्, ‘उनीहरू नियमित कामबाट फर्कंदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो ।’

एनडीटीभीमा प्रसारित फुटेजमा जमिनमा कैयौं फिटसम्म फैलिएको एउटा खाल्डो र सुरक्षा बलले विष्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जाको निरीक्षण गरिरहेको देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, ‘आक्रमणमा ज्यान गुमाएका वीर सैनिकहरूप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु । उनीहरूको बलिदान सधैं स्मरणीय रहनेछ ।’

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने, ‘यो आक्रमण अत्यन्त दुखद् छ र उहाँले राज्यका नक्सलवादीहरूविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

उनले थपे, ‘यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौं र हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर