एकले अर्कोसँग डराउनुपर्ने अवस्था आएको छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरूले आफू सुरक्षित नभएको महसुस गर्न थालेको बताएकी छन्।

बिहीबार गृह मन्त्रालयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको नीरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महसुस गरिरहेको बताइन्।

उनले अहिले मानिसहरू एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन्।

उनले ८ दिन बितिसक्दा समेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन्।

आपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सीसी क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको पनि उनले बताइन्।

उपप्रमुख डंगोलले महानगरपालिका शान्तिसुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढिरहेको पनि बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर